१) के हो त डाक्टर्स अन कल?
डाक्टर्स अन कल(DOC) नेपालमा (Home Health Care) गृह स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी स्थानमा रहेका स्वास्थ्य संस्थाहरु मध्येको एक हो जुन स्वास्थ्य क्षेत्रमा अनुभवी तथा दक्ष चिकित्सक, डाक्टर, फिजियो थेरापिस्ट, डाइटिशियन र नर्सहरुका साथ सुविधाजनक र गुणस्तरिय सेवा प्रदान गर्ने उदेश्यले पूर्ण रुपमा नयाँ अवधारणाका साथ सुरु गरिएको संस्था हो ।
स्वास्थ्य क्षेत्रमा विगत साढे दुई वर्षदेखि सेवा दिदैं आइरहेको यो संस्था तीनजना डाक्टरहरुको समुहले स्थापना गरेको हो । डाक्टरहरुको समुहले स्थापना गरेकोले यसले दिने सेवा एकदमै राम्रो हुनुको साथै यसबाट सेवा प्राप्त गर्नुभएका महानुभावहरुले पनि यसको सेवालाई उत्तिकैमनपराउनु भएको छ ।
हाम्रो उदेश्य ः–

यस स्वास्थ्य संस्थामा रहेको एउटा अनुभवी टिमद्वारा घरमा दिनसक्ने स्वास्थ्य सेवा हजुरहरुको घर तथा अफिसमा गएर दिनु नै हाम्रो मूल उद्देश्य हो । यहि उद्देश्यका साथ म्इऋ ले तपाई र तपाईका प्रियजनहरुको लागि केवल फोन कलको भरमा विगत २ वर्षदेखि घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । तसर्थ ः हाम्रो मुलनारा भनेकै “सहज, सुलभ दरमै, स्वास्थ्य सेवा घरमै”भन्ने हो ।

२) गृह स्वास्थ्य सेवा (Home Health Care) के हो ?
होम हेल्थ केयर बिरामीहरुलाई उनिहरुको घरमै गएर देखभाल, हेरविचार वा स्वास्थ्य सेवा प्रदान गर्नु भन्ने हो जसमा पेशागत स्वास्थ्यकर्मीले बिरामीको घरमा गई आफ्नोे पेशागत सेवा प्रदान गर्दछ । हाम्रो देशको वर्तमान परिदृश्यलाई हेर्दा ः यहाँका युवाहरु आफ्नोे जीवनको गुणस्तर राम्रो र आय– आर्जनको निम्ति आफ्नो बिरामी भएका परिवार सदस्यहरुलाई छाडेर पश्चिमी र खाडी मुलुकहरुमा जान बाध्य छन् । यस्तो अवस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड डिसअर्डर, पक्षघात, हृदयघात आदि जस्ता रोगहरुका कारण समयमा स्वास्थ्य सेवा नपाउँदा धेरैले ज्यान गुमाउनु परेको प्रमाणहरु थुप्रै भेट्न सकिन्छ । यस्ता कतिपय रोगहरुले त थाहै नदिइ मानिसहरुमा धेरै Comorbidities निम्त्याउँछन्। यो सवालमा हामी मुलत ः दीर्घकालीन बिरामीका लागि सहयोगी र एबििष्बतष्खभ हेरविचारमा केन्द्रित छांै ।

DOC ले प्रदान गर्दै आइरहेको सेवा Palliative अबचभ हो । Palliative care भनेको ः

– Palliative हेरचाह उपचारको एक प्रकृया हो जसले रोकथाम र राहतको माध्यमबाट रोगको पहिचान, त्रुटीरहित मुल्याङ्घन, दुखाइ तथा भौतिक, मानसिक र आध्यात्मिक समस्याहरुको उपचार गरी खतरनाक रोगसँग सम्बन्धित समस्या झेलिरहेका बिरामी र उनीहरुको परिवारको जीवनको गुणस्तर सुधार गर्दछ ।
– दुखाइ र अन्य पीरहरु कमगर्न राहत प्रदान गर्दछ ।
– सामुहिक दृष्टिकोणबाट बिरामी र उनीहरुको परिवारको आवश्यकता र आवश्यक परेमा शोक परामर्श सहितको सेवा प्रदान गर्दछ ।
– यो उपचार पद्धति दीर्घजीवन लक्षित केमो वा विकिरण उपचार प्रणाली जस्ता अन्य उपचारहरुसँगको संयोजनमा बिरामको प्रारम्भिक अवधिमा लागू हुन्छ र जसमा पीडादायी क्लिनिकल जटिलताहरुलाई राम्ररी बुझ्न र व्यवस्थापन गर्न आवश्यक अनुसन्धानहरु समावेश हुन्छ ।
हाम्रो स्वास्थ्य संस्थाले मुख्यरूपमा अनुभवी तथा दक्ष चिकित्सकहरुद्वारा उनीहरुले भ्रमण गरेको घरको विवरण लिन्छ र सोहीअनुरुप हेरचाह र उपचार प्रदान गर्दछ जहाँ आवश्यक परेको खण्डमा विशेषज्ञ डाक्टरलाई पनि रिफर गर्न सक्दछ । हामीलाई थाहा छ कि ‘एमबिबिएस’ चिकित्सा पेशाको एक महत्वपूर्ण चरण हो जहाँ एमबिबिएस डाक्टरहरुले सामान्यतः सबै केसहरुको बारेमा सिकेका हुन्छन्, र सबै केसहरु ह्याण्डल गर्न र उपचार गर्न प्रशिक्षण दिन सक्दछन् । हाम्रो देशका अस्पतालहरुको बहुसंख्यक आपतकालिन विभाग एमबिबिएस डाक्टरहरुले चलाउँछन् भने विशेषज्ञ डाक्टरहरु फोन कलको आधारमा उपलब्ध हुने गर्दछन् । धेरैजसो विकसित देशहरुमा पनि बिरामीहरु आफ्नोे समस्या लिएर एमबिबिएस डाक्टरहरुलाई नै भेट्ने गर्दछन् जहाँ विशेषज्ञ डाक्टरसँग सो बिरामीको भेट गराउनु पर्ने वा नपर्ने निर्णय सोही डाक्टरले गर्दछ । हाम्रो संस्था म्इऋ ले पनि यहि पद्धति अनुसार स्वास्थ्य सेवा प्रदान गर्दछ ।

३) यसबाट कस्ता बिरामीहरुले लाभ लिन सक्दछन् ?
– कुनै पनि उमेरका गम्भीर वा जोखिमपूर्ण अवस्थाको बिरामीहरुले आवश्यक उपचार तथा हेरचाह लिन सक्नेछन्।
– विभिन्न रोगहरु जस्तै सुगर, प्रेसर, नसारोग, प्यारालाइसिस, क्यान्सर, स्त्रीरोग, छालारोग, बालरोग, मनोरोग तथाकुनै पनि स्वास्थ्य समस्या भएका बिरामीहरुले हाम्रो सेवा लाभ लिन सक्नेछन्। – विभिन्न रोग लागेका वयस्कहरुले सेवा लिन सक्नेछन्। जस्तैः

1) क्यान्सर(Cancer)
2) मुटुरोग(Heart Failure)
3) डिमेन्शिया(Dementia)
4) अन्त चरण कलेजो रोग (Liver Failure)
5) किड्नी असफलता(Kidney Failure)
6) फोक्सो रोग (Lung Cancer)
7) पार्किन्सन रोग(Parkinson Disease)

– कुनै पनि उमेरका व्यक्तिमा स्वास्थ्य समस्या भएमा त्यसको परामर्श हामीले फोन बाटै वा घरमै गई दिने गरेका छौं ।
बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउन धेरै नै गाह्रो भएको अवस्थामा हाम्रो सेवाले बिरामीका अभिभावकहरुलाई धेरै नै सजिलो भएको बताउँदै आइरहनु भएको छ ।
नेपालको विभिन्न भाग जुन स्वास्थ्य सेवाको पहुँचबाट टाढा छन् त्यहाँ सानो–सानो समस्याले ठूलो समस्या निम्त्याउने गरेको पाइएको छ । यस्तो परिस्थितिमा हामीले फोन परामर्श सेवाद्वारा त्यस्ता स्वास्थ्य समस्याको हल गरेका छौं जसको लाभ विदेशमा काम गर्ने दाजुभाइहरुले पनि लिइरहनु भएको छ ।

४) डाक्टर्स अन कल (DOC) ले समाजमा गरेका सामाजिक कार्यहरु ः
– विभिन्न सरकारी गैरसरकारी संस्थाहरु जस्तैः स्कुल, कलेज,गुम्बा, बाल आश्रम, वृद्धाश्रम, अपार्टमेन्ट, मन्टेश्वरी, मन्दिर तथा टोल, पार्क आदि ठाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर

– रक्तदान कार्यक्रम
– टोल, स्कुल कलेजहरुमा डेंगु सम्बन्धी स्वास्थ्यमूलक कार्यक्रम
– कोभिड–१९ को जानकारी दिननिःशुल्कफोन परामर्श
– मनोहरा सुकुम्बासी गर्भवती महिलाहरुको लागि दुईदिने स्वास्थ्य शिविर
– देश विदेशमा रहेकाहरुलाई फोनबाट निःशुल्क स्वास्थ्य परामर्श

५) घरमै स्वास्थ्य सुविधा लिन महंगो पर्ला कि?
घरमै स्वास्थ्य सुविधा लिंदा अस्पताल गएको भन्दाथोरै बढि त लाग्ने नै भयो तर आउने–जाने, बस्ने खर्च र आफुसँगै जाने कुरुवाको समय सबै हेर्दा महंगो भन्न मिल्दैन । सेवाग्राहीले फेरी फलोअप गर्नुपर्ने, समय र पैसाको बचत गर्न सक्नेछन् किनभने हाम्रो डाक्टर र नर्सको टिम तपाईको घरमै आइ सेवा दिनेछन् । हाल स्वास्थ्यकर्मीहरुले आफ्नोे स्वास्थ्यको जोखिम लिएर कोभिड–१९ को माहामारीमा पनि बिरामीको घरसम्म गएर सेवाप्रदान गरिरहेका छन्।

६) DOC नेपालको सेवा कसरी लिने ?
बिरामीहरुले विभिन्न माध्यमहरु जस्तैः फेसबुक पेज, इन्स्टाग्राम, वेबसाइट, फोन कल वा अन्य कुनै सामाजिक मिडिया प्रयोग गरेर हाम्रो सेवालिन सक्नेछन्।

७) DOC ले कोभिड – १९ को विषम परिस्थितिमा दिइरहेको विशेष अफरहरु ः
– हामीलेदिंदैआइरहेको स्वास्थ्य सेवामा २०५ सम्म छुट
– चिकित्सकहरुद्वारा फोनमार्फत निःशुल्क स्वास्थ्य परामर्श तथा सोधपुछ

 

Founder

Dr. Suman Neupane
Dr. Mohan Bhandari
Dr. Suyesh Karki

Deputy CEO

Mr. Sandesh Basnet