काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को स्टार्टअप अवार्ड २०२१ डक्टर्स अन कल नेपालले प्राप्त गरेको छ।

शुक्रबार मञ्चले एक कार्यक्रमको आयोजना गर्दै डक्टर्स अन कल नेपाललाई नगद १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ।

यस्तै फस्ट रनरअप भएको संस्था अर्बन नेपालले ७५ हजार र  सेकेण्ड रनरअप स्थान हात पारेको अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ पुरस्कार स्वरुप पाएका छन्।

मञ्चले  आयोजना गरेको अवार्डमा देशभरबाट एकसय भन्दा बढि स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ ।
शुक्रबार ह्यात होटलमा एक कार्यक्रम आयोजना गर्दै सो अवार्डको विजेता घोषणा भएको हो ।

काठमाडौं च्याप्टरले पहिलोपटक आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ पहिलो भएको छ । यस्तै ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ । 

अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअपले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 
युवा उद्यमीहरुका लागि प्रभावशाली तथा अत्यावश्यक  नेटवर्किङको माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढावा दिने उदेश्यले आयोजना भएको सो अवार्डमा सहभागी हुन देशभरबाट सय भन्दा धेरै स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए । 

जसमा एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो रहेका थिए । अवार्ड प्रत्योगितामा सहभागी सम्पूर्ण कम्पनीहरु हाल व्यवसाय सञ्चालन गरी आर्यआर्जन समेत गर्न थालिसकेको अवस्थामा थिए ।

प्रतियोगितामा सहभागी उत्कृष्ट व्यवासायिक आईडियाहरुलाई ५० लाखदेखि ५ करोडसम्मको लगानीकर्ताहरुसँग जोड्ने आयोजक काठमाडौं च्याप्टरको लक्ष्य थियो ।

नेपालमै जन्मिएका विभिन्न नविन तथा अन्वेषणयुक्त आईडियाहरुका लागि उपयुक्त वातावरण र बजारसँग जोड्ने यस्तो किसिमको अवार्ड कार्यक्रमलाई आगमी दिनमा समेत निरन्तरता दिने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए ।

चिकित्सा क्षेत्रमा लागेका युवाको समूहले स्थापना गरेको डक्टर अन कलले घर घरमा पुगेर चिकित्सा सेवा प्रदान गर्दै आइरहेको छ । विशेषगरी वृद्धा र शारीरिकरुपमा अशक्त जो अस्पताल पुग्न सक्दैनन् त्यस्ता व्यक्तिहरुलाई घरमै पुगेर कम्प्नीले सेवा दिदैँ आइरहेको कम्पनीका संस्थापक सुयश कार्कीले बताए । डक्टर अन कलले सब्सक्रिप्सन मोडलमा समेत यो सेवा प्रदान गर्दै आइरहेको छ ।